१४ बैशाख २०७७, आईतवार

काठमाडौं, १४ बैशाख । नेपाल राष्ट्र बैंकले चौथो त्रैमासमा तिर्नुपर्ने व्याजमा सहुलियत प्रदान गर्ने भएको छ ।

File Picture

आइतबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने व्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने बताउनुभएको हो ।

गभर्नर अधिकारीले राष्ट्र बैंकको ६५ औं वार्षिक उत्सवमा लिखित मन्तव्य सार्वजनिक गर्दै कोरोनाबाट अर्थतन्त्रलाई जोगाउन चाँडै आवश्यक निर्णय लिइने बताउनुभएको छ ।

उहाँले कोरोनाबाट सबै भन्दा बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइने बताउनुभयो ।

यसैबीच उहाँले साना तथा मझौला उद्योग, पर्यटन र कोरोनाको प्रभाव अत्यधिक परेको क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी प्रदान गरिने बताउनुभयो ।

पुर्नकर्जा सहज ढङ्गले प्रवाह गर्नका लागि पुर्नकर्जा कार्यविधिमा संशोधन गरी ६० अर्ब रुपैयाँको विद्यमान पुर्नकर्जा कोषलाई आवश्यकताअनुसार वृद्धि गर्दै लैजाने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV