१४ बैशाख २०७७, आईतवार

काठमाडौं, १४ बैशाख । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितहरुको संख्या २६ हजार नाघेको छ । वितेको २४ घण्टामा भारतमा १ हजार ९ सय ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै, ४९ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

हालसम्म भारतमा ८ सय २४ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । यसैबीच ५ हजार ८०४ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् ।

महाराष्ट्रमा कोरोना पोजेटिभहरुको संख्या ७ हजार ६२८ पुगेको छ, जसमध्ये ३ सय २३ को ज्यान गइसकेको छ, भने १ हजार ७६ जना निको भइसकेका छन् ।

त्यस्तै, गुजरातमा पनि कोरोना संक्रमितहरुको संख्या ३ हजार ७१ पुगेको छ । जसमध्ये २८२ जना निको भइसकेका छन्, भने १३३ को ज्यान गइसकेको छ ।

यता दिल्लीमा पनि संक्रमितहरुको संख्या २ हजार ६२५ पुगेको छ । ८६९ जना निको भइसकेका छन्, भने ५४ को ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV