१४ बैशाख २०७७, आईतवार
  • तारा आचार्य

विराटनगर, १४ बैशाख । विराटनगर महानगरपालिकाले लकडाउनका कारण विराटनगरमा समस्यामा परेका विद्यार्थी, कर्मचारी, डेरावालाहरुलाई बस चढाएर काठमाडौं पठाएको छ ।

सरकारले लकडाउनको समय बढाएपछि विराटनगरमा करिब २ सय जना विद्यार्थी, कर्मचारी र डेरावालाहरु समस्यामा परेका थिए । सरकारले लकडाउनका समयमा पनि राजधानी काठमाडौंबाट बाहिर जान र अन्य जिल्लाबाट काठमाडौं भित्रन सहुलियत दिएपछि विभिन्न स्थानीय तहहरुले अलपत्र यात्रुहरुलाई पठाउन थालेका हुन् । उनीहरुलाई विराटनगर महानगरपालिकाले ७ वटा बस भाडा तिरेर पठाएको हो ।

विराटनगर महानगरपालिकाले गाडीको तेल तथा चालक र सहचालकको खर्च र यातायात व्यवसायी एवं मजदूर संगठनले बस उपलब्ध गराएको मेयर भीम पराजुलीले जानकारी दिनुभयो । काठमाडौं गएको बसले त्यहाँ अलपत्र परेकाहरुलाई विराटनगर फिर्ता ल्याउने विराटनगर महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले यात्रुहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै मास्क, सेनिटाईजर र पञ्जाका साथै खाजा समेत उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV