१३ बैशाख २०७७, शनिबार
  • रामगोपाल तमखु

भक्तपुर, १३ बैशाख । लामो समयदेखि सरकारले जारी गरेको लकडाउनको कारण फरक क्षमता भएका नगरिकहरु प्रत्यक्ष मारमा परेका छन । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका मगरगाँउ टोलमा अगरबत्ती धुप बनाएर बेच्दै आएका २० जना दृष्टिविहीनले लकडाउनकै कारण खाना र उपचारमा समस्या भएको गुनासो पोखेका छन ।

धुप बेचेर गुजार गर्दै आएको उनीहरुले लकडाउनले बजार सबै बन्द भएका कारण ब्यापार नभए पछि दैनिक गुजारा चलाउनै मुस्किल भएको मगरगाँउमा डेरा गरी बस्ने अमृता थापाले बताइन् । नगरपालिकाले गत चैत १८ गते १० केजी चामल र केही दाल दिए पनि सकिएपछि उनीहरु रोगले भन्दा पनि भोकले मर्ने हो कि भन्ने चिन्ता थपिएको थापा बताउछिन ।

नगरपालिकाले थप राहत नदिए पछि २० जना दृष्टिविहीन समस्यामा परेका छन । धुप बेच्न नपाएपछि आफूहरुसंग पैसा समेत नभएकाले औषधि उपचारबाट समेत बञ्चित हुनुपरेको उनीहरुको भनाइ छ ।

नियमित औषधि खानुपर्ने विरामी र गर्भवतीले समेत उपचार र औषधि सेवनवाट बञ्चित हुनु परेको उनीहरुको भनाइ छ । नियमित औषधि उपचार, खाद्यान्न राहत तथा खाना पकाउने ग्यासको समेत उपलव्ध गराउन उनीहरुले माग गरेका छन ।

उपत्यका नगरपालिका फोरमले बैशाख ५ गते विज्ञप्ती नै जारी गरी उपत्यकामा रहेका असहाय, बेरोजगार तथा अति विपन्नहरुलाई लक्षित गरि राहत वितरण गर्ने भने पनि लक्षित बर्ग सम्म पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV