१३ बैशाख २०७७, शनिबार
  • बालबिक्रम कार्की,

रौतहट, १३ वैशाख । लकडाउनका कारण राजधानीमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई रौतहटका स्थानीय तहहरुले धमाधम उद्धार गर्न सुरु गरेका छन् ।

जिल्लाका १८ वटै स्थानीयतहहरुले यतैबाट काठमाडौँमा बस पठाएर उनीहरुलाई उद्धार गरेको हो । लकडाउन भएको एक महिनाभन्दा बढी समय भएकाले काठमाडौँ उपत्यकामा बस्दै आएका जिल्लावासीहरुको दैनिकी असहज भएपछि यहाँका स्थानीय तहले उनीहरुलाई घर फर्काउन चासो देखाएका हुन् ।

यसरी स्थानीय तहले काठमाडौँमा रहेकाआफ्नानागरिकहरुलाई सम्पर्क गरेर उनीहरुलाई बसमाहालेर आफ्नो घर फकाईरहेका छन् । शनिबार मात्रजिल्लाकाविभिन्न स्थानियतहका एक हजारभन्दा बढी नागरिकहरु यसरी फर्किसकेकाप्रहरीले जनाएको छ ।

यो क्रमअझै केही दिन जारी रहने छ । यसरी जिल्लाफर्काइएकाहरुलाई जिल्ला छिर्ने नाकामा स्वास्थ्यकर्मीको सहयोगमाशरिरको तापक्रमनाप्ने गरिएको छ ।

चन्द्रपुर नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गकोको जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि उनीहरुको तापक्रम परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

यसरी बसमा आउने यात्रुहरुको सुरक्षाकर्मीले नाम, ठेगाना र सम्पर्क नम्बर राख्ने गरेका छन् । यसरी आएकाहरुलाई केही स्थानीयले चन्द्रपुरमा खाजा र पानीको व्यवस्था पनि गरेका थिए ।

यसरी फर्काइएकाहरुलाई स्थानीयतहले सञ्चालन गरेको क्वारेन्टाइनमा पनि पुनः स्वास्थ्य परीक्षण पश्चात १४ दिनसम्म होम क्वारेनटाइनमा राख्ने शर्तमा घर पठाइने स्थानीय चन्द्रपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुत्तबहादुर थिङ्गले जानकारी दिनुभयो ।

उहाँले लकडाउनको मारमा परेका आफ्ना नागरिकको उद्धार गर्नु मानवतासंगै जनप्रतिनिधिको दायित्व पनि भएकाले उनीहरुलाई घर फर्काउन यतैबाट बस पठाइएको जानकारी दिदैँ उनीहरुको स्वास्थ्य सुरक्षाप्रति आफुहरु पनि सचेत रहेको र उनीहरुलाई पनि सचेत रहन अनुरोध गरेको बताउनुयो ।

आफ्नो स्थानीय तहको पहलमा घर आउन पाउँदा निकै खुसी लागेको गुजरा नगरपालिका वडा नम्बर २ का बुद्धिमान बजुले बताउनुभयो । उहाँले लकडाउनले कामगर्न नपाउँदा आफुहरुको दैनिकी निकै कष्टकर भएको अवस्थमा सहज तरिकाले काठमाडौँबाट घर फर्काउन मद्धत गर्ने स्थानीय तहलाई धन्यवाद पनि दिनुभयो ।

उहाँले अब घर गएर स्थानीय तहको शर्त अनुसार होम क्वारेन्टाइनमा बस्ने पनि बताउनुभयो ।

यसअघि जिल्ला सुरक्षा समितिले रौतहट जिल्लामा घर भई काठमाडौं लगायतअन्य ठाउँमा अलपत्र परेका ब्यक्तिहरुलाई स्थानीय तहहरुले उद्दार गरी ल्याउन चाहेमा पालिकाहरुले सामूहिक रुपमा ल्याउनका लागि बसको पास माग भई आएमा पास उपलब्ध गराउने र त्यसरी आएका ब्यक्तिहरुको पालिकाबाट आरडीटी परीक्षण गरी होम क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो ।

सो समितिले तत्काल आरडीटी परीक्षण गर्न नसकेमा स्थानीयतहले सञ्चालन गरेको क्वारेन्टाइनमा राख्न र सो पनि सम्भव नभएमा त्यस्ता ब्यक्तिहरुको विस्तृत विवरण राखी होम क्वारेन्टाइनमा राख्ने र आरडीटी कीट उपलब्ध हुने बित्तिकै सबैको आरडीटी परीक्षण गर्ने निर्णय पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV