१३ बैशाख २०७७, शनिबार
  • विवेक राई

भोजपुर , १३ बैशाख । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस विरुद्ध ढुक्क भएर लड्न आग्रह गर्नु भएको छ ।

शनिवार कोरोना भाईरस परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्रीसहित गृहजिल्ला भोजपुर पुग्नु भएका मुख्यमन्त्री राईले गाँउपालिकाका अध्यक्ष, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुसंग कुराकानीमा कोरानाविरुद्ध ढुक्क भएर लाग्न आग्रह गर्नु भएको हो ।

मुख्यमन्त्री राईले प्रदेश सरकार साथमा रहेकोले कोहि पनि नआत्तिकन आ आफ्नो जिम्मेवारी पूरा गर्न पनि अनुरोध गर्नु भएको छ ।

स्थानीयलाई लकडाउनको पूर्ण पालना गरी घरभित्रै सुरक्षित बस्न समेत आग्रह गर्नु भएको थियो । जिल्लाको समग्र अवस्था र संक्रमण फैलन नदिनका लागि स्थानीय निकायले गरिरहेको कार्यका बारेमा पनि जानकारी उहाँले जानकारी लिनु भएको थियो ।

मुख्यमन्त्री राईले हतुवागढी गाउँपालिका ६ का २६ बर्षीय एक युवामा कोरोना पुष्टि भएपश्चात गाँउपालिकामा आवश्यक पर्ने स्वास्थ्य सामग्री पीपीइ , थर्मल गन, माक्सलगायतका स्वास्थ्य सामग्री गाँउपालिकाका हस्तान्तरण गर्नु भएको थियो ।

नेपाली सेनाको हेलिकप्टरबाट भोजपुर आउनु भएका मुख्यमन्त्री राई उदयपुर प्रस्थान गर्नु भएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV