१३ बैशाख २०७७, शनिबार
  • सुरेश श्रेष्ठ

दाङ, १३ बैशाख । डिभिजन वन कार्यालय दाङको टोलीले हेमन्तपुरबाट लोपोन्मुख हुचिलको बच्चा र घाइते ओतको उद्धार गरेको छ ।

तुलसिपुर उपमहानगरपालिका वडा न १८ हेमन्तुर स्थित वडा कार्यालय नजिकैबाट डिभिजन वन कार्यालय दाङले लाेपउन्मुख पंक्षी हुचिलकाे बच्चा र घाईते ओतकाे उद्धार गरेको हो । उद्धारपछि आवश्यक व्यवस्थापन एवम् अाैषधि उपचारका लागि ती पन्क्षिलाई डिभिजन वन कार्यालयमा ल्याएकाे डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनु भयाे ।

पर्यावरणीय दिगाे विकास एवम् अनुसन्धान केन्दका अध्यक्ष डिल्ली बहादुर रावतकाे सकृयतामा स्थानियहरू समेतकाे सहयाेग लिई हुचिलकाे बच्चा र शिकारीले गुलेली प्रयाेग गरि हानेकाे ढुङ्गा टाउकाेमा लागेपछि आत्तिएर वस्ति नजिक आएकाे ओतकाे जिवितै उद्धार गरिएकाे जानकारि डिभिजन वन कार्यालयका सुचना अधिकारी खिमबहादुर के सीले दिनुभयाे ।

यस अघि डिभिजन वन कार्यालयले रतुवा, चित्तल, गाेमन सर्प उद्दार गरि उपचार पश्चात् सुरक्षीत प्राकृतिक बाँस स्थानमा छाडिसकेकाे छ।

LIVE TV