१३ बैशाख २०७७, शनिबार
  • विवेक राई

भाेजपुर, १३ वैशाख । प्रदेश- १ का मुख्यमन्त्री शेरधन राई गृहजिल्ला भोजपुर आएका छन् । भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा कोरोना परिक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीसहित शनिबार ११ः३० मा मुख्यमन्त्री राई सहितको टोली आएकाे हाे ।

कोरोना भाईरस परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव भएपछि मुख्यमन्त्री राई स्वास्थ्य सामाग्रीसहित गृहजिल्ला भोजपुर आएका हुन् ।

स्वास्थ्य परीक्षणका लागि अति महत्वपुर्ण मानिएको थर्मगन ४ थान, भि.पि.एन (स्वाव संकलन गर्ने) १०० थान, पि.पि.ई. सेट १० थान, एन-९५ माक्स लगायतका स्वास्थ्य सामग्री लिएर आएकाे प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

हतुवागढिका २६ वर्षीय युवामा कोरोना भाइरस परीक्षणका क्रममा क्रमश: आरडिटी र पिसिआर रिपोर्ट पोजेटिभ पाइएको थियो । संक्रमित युवा गाउँमा विभिन्न कामका शिलसिलामा हिडडुल गरेको र संक्रमितसँग ननिक भएकाहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य सामग्रीको अभाव देखिएपछि मुख्यमन्त्री स्वास्थ्य सामाग्रीसहित भोजपुर आएका हुन् ।

LIVE TV