१३ बैशाख २०७७, शनिबार
  • रामगोपाल तमखु

भक्तपुर, १३ बैशाख । भक्तपुर नगरपालिकाले नगरपालिकाभित्रका ५ हजार ९०९ जना कृषक परिवारलाई शुक्रबार खुमल–११ ताइचीन जातको धानको बीउ वितरण गरेको छ ।

देशव्यापी लकडाउन भैरहेको बेला भक्तपुर नगरपालिकाले नगरका सबै वडाहरु मार्फत विगतका वर्षहरुमा झैं प्रतिपरिवारलाई २ केजी ५०० ग्राम (१ पाथी) धानको बीउ निःशुल्क वितरण गरेको हो ।

नगरका विभिन्न वडाहरुले स्थानीय स्वयम्सेवक परिचालन गरी वडा कार्यालय र घरदैलो गरी कृषक परिवारलाई धानको बीउ वितरण गरेको थियो ।

वडा नं. १ मा ४६६, वडा नं. २ मा ८००, वडा नं. ३ मा ५५०, वडा नं. ४ मा ७३०, वडा नं. ५ मा ४३९, वडा नं. ६ मा ५७८, वडा नं. ७ मा ७००, वडा नं. ८ मा ५३८, वडा नं. ९ मा ७१६ र वडा नं. १० मा ३९२ परिवार गरी जम्मा ५,९०९ परिवारलाई खुमल–११ ताइचीन जातको धानको बीउ वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV