१३ बैशाख २०७७, शनिबार
  • घनश्याम मिश्र

जनकपुर, १३ बैशाख । लकडाउनको बेला रमजान पर्वको रौनक यसवर्ष धनुषामा खासै देखिएको छैन । धनुषामा स्थानीय प्रशाशनले रमजान घरमैं बसेर नवाज पढ्न भनेर आग्रह गरेका छन् ।

लकडाउनमा मस्जिदमा भीड़ भाड़ न गर्न समेत आग्रह गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले न्यूज २४ लाई जानकारी दिनुभयो ।

माहे रमजानमा दिन भरी निराहार बसेर सांझ रोजा तोड्ने समयमा मुस्लिम समुदायहरु एक ठाउँमा जम्मा हुने गरेकोले गर्दा यस वर्ष आआफ्नै घर परिवार सँग मात्र रोजा तोड़न समेत स्थानीय प्रशाशनले मुश्लिम धर्म गुरुहरु मार्फत समुदायमा आह्वान गर्न लगाएका छन् ।

इस्लाम धर्मावलम्बीहरुको पर्व रमजान आजदेखि शुरु भएको छ। एक महीनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३.४३ बजेबाट बेलुका ६.३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमजान महीना नवौँ महीना हो ।

रमजान महीनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महीनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महीनाको ठूलो विशेषता हो ।

यो पर्वमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुनेगर्दछ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई भने रोजा बस्न अनिवार्य छैन् ।

यसैबीच विश्वभर स्वास्थ्य महामारी बनिरहेको कोभिड-९ को संक्रमणका कारण यस बर्ष विश्वभरका प्रायः सबै मस्जिद बन्द गराइएका छन् ।

मुस्लिम धर्म गुरुहरुले सबैलाई घरमै बसेर नवाज पढ्न आग्रह गरेका छन् । रमदानका बेला मुस्लिम धर्मावलम्वीहरुले खचाखच हुने साउदी अरेवियाको मक्का मदिना, जेरुसेलम, पश्चिम गाजा क्षेत्र, इजिप्टएवम् पाकिस्तानमा कोरोना भाइरसको त्रासका कारण लकडाउन गरिएको छ । यसले गर्दा त्यहाँका सबै मस्जिदहरु बन्द गराइएका छन् ।

सबै मुस्लिम देशहरुले आफ्ना नागरिकहरुको सामुहिक प्रार्थनामा प्रतिवन्ध लगाउदै घरमै सुरक्षित बस्न भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV