१३ बैशाख २०७७, शनिबार
  • भगतराम थारु

नेपालगञ्ज १३ बैशाख । विश्वमा कोरोना भाइरस फैलिएसंगै सरकारले नेपालमा लकडाउन गरेको एक महिना बढि भएको छ । लकडाउनका कारण समस्यामा परेका थारु कलाकार तथा प्राविधिकमा काम गर्ने व्यक्तिलाई राहतको जोहो गर्न धौधौ रहेको बेला सहयोगी मनकारी हातहरु जुटिरहेका छन् ।

‘कोरोना भाइरसको कारणले सिंगो देश लडिरहेको अवस्थामा प्रदेश नं. ७ मा रहेका थारु कलाकार र प्राबिधिकहरुको अवस्थालाई मध्यनगर गर्दै उनिहरुको घर घरमा गई राहत वितरण गरिएको छ, पहिलो चरणको राहतमा प्रदेश नं. ७ का १० जना कलाकारलाई राहत वितरण गरेका छौं – युवा नेता तथा समाजसेबी अरुण चौधरीले भन्नुभयो ।

राहतमा २५ किलो चामल, १ किलो नुन, १ लिटर तेल, १ किलो दाल, सय ग्राम खुर्सानी वितरण गरेको सिएस फिल्मस् प्रालिका प्रबन्ध निर्देशक सतिश सिन्हाले जानकारी गराउनुभयो ।

राहत जुटाउन सहयोगी हातमा युवा नेता तथा समाजसेबी अरुण चौधरीको मुख्य सहयोगमा, सी. एस. फिल्मस् प्रा. लि. तथा बरिष्ठ थारु कलाकार संगत चौधरीको समन्वयमा अति बिपन्न, कठिनाइमा परेका कलाकार र प्राबिधिकहरुलाई खाद्यान्न सहयोग गरेको प्रबन्ध निर्देशक सिन्हाले जानकारी गराउनुभयो ।

राहत वितरणमा यातायातको व्यवस्था मुन थारुले गर्नुभएको छ भने इन्धनमा सुलभ फिल्म धनगढीका दयाशंकर चौधरी, राज शोपिंग पोइन्ट धनगढीका राज चौधरीले सहयोग गर्नुभएको थियो ।

पहिलो चरणको राहत सम्पन्न भएको छ यस लगत्तै दोश्रो चरणको राहत वितरणका लागि जुटिरहेको सिएस फिल्मस्का प्रबन्ध निर्देशक सिन्हाले जानकारी गराउनुभयो ।

यसपछि बाँके, बर्दिया, दाङका कलाकार र प्राविधिकहरुको समस्यालाई उजागर गरिने उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV