
- कृष्ण बिष्ट
बैतडी, बैशाख १३ । शुक्रबार राति परेको चट्याङ लागेर बैतडीमा ३ जना घाइते भएका भएका छन् । चट्याङ लाग्दा घाइते हुनेमा डिलाशैनी गाउँपालिका वडा नं ६ का कुय्यादहका १८ बर्षीया हेमन्ती लुहार, १८ बर्षीया सुनिता लुहार र ५५ बर्षीया भुरी लुहार रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिल्ली नारायाण पाण्डेयले जानकारी दिनुभयो ।
घाइतेमध्ये हेमन्तीको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।
हिजो राती करिब ९ बजेतिर परेको चट्याङले उनीहरु घाइते भएका हुन । थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।