१२ बैशाख २०७७, शुक्रबार
  • तारा आचार्य

विराटनगर, १२ वैशाख । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा कोरोना भाईरस नियन्त्रण र रोकथामको पूर्णरुपले तयारी गरिएकाले निर्धक्क भएर भएर लकडाउनको पालना गर्न सम्पूर्ण प्रदेशवासीलाई आग्रह गर्नुु भएको छ।

विराटनगर स्थित मुख्य मन्त्रालयमा शुक्रवार सञ्चारकर्मीसंग मुख्यमन्त्री राईले कोरोना भाइरस संक्रमितको स्थानबाट अन्यत्र संक्रमण फैलिन नदिन चाल्नुु पर्ने सवै प्रयास प्रदेश सरकारले चालिरहेको जानकारी दिनुभयो ।

प्रदेश न १ कोरोना भाइरसको उच्च जोखिमा रहेको ठानेर लकडाउन हुनु धेरै अघिदेखिनै प्रदेश सरकारले पूर्व तयारी सुरु गरेकाले रोगविरुद्ध लड्न अहिले सहज भएको भन्दै संक्रमण देखा पर्दैमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको उहाँले वताउनुभयो ।

उदयपुरमा बढिमात्रामा संक्रमित फेला परेपछि सो क्षेत्रमा परीक्षणको दायरा फराकिलो वनाएको र भुल्के लगायत उदपुुरलाई यतिवेला लक गरिएको र भुल्केक्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी , स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि परिचालन गरेर सुरक्षा ब्यवस्था कडा गरिएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले उपचार र उपकरण लगायत सवै प्रकारको तयारी गरिएकाले जतिमात्रामा संक्रमण देखापरे पनि त्यसलाई कावुमा राख्न प्रदेश सरकार सक्षम रहेको वताउनुभयो । उहाँले प्रदेश एकमा फेला परेका सवै संक्रमितको अवस्था सामान्य रहेकाले अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको जानकारी दिनु भयो ।

मुख्यमन्त्री राईले प्रदेश नं १ का सवै नाका शील गरेर आवतजावतमा पूुर्ण रुपमा रोक लगाइएको वताउनुुभयो । उहाँले सीमानाकामा पाँचपाँच सय मिटर क्षेत्रमा सुरक्षापोष्ट स्थापना गरी २४ घण्टा सुरक्षाकर्मी तैनात गरिएको जानकारी दिनुभयो ।

मुख्य मन्त्री राईले मोरङ, सुनसरी तथा झापाजिल्लाको सीमा जोडिएको क्षेत्रमा सात हजार मानिस अट्नेगरी प्रदेश सरकारले क्वारेन्टाइन निर्माण गर्ने गरी आवश्यक तयारी शुरु गरेको जानकारी समेत दिनु भयो ।

LIVE TV