१२ बैशाख २०७७, शुक्रबार

काठमाडौं, १२ बैशाख । नेपाली काँग्रेसले सरकार चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन बाध्य भएको जनाएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत अध्यादेशको विविध रुपमा स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा, विद्यार्थी, पार्टीका नेताकार्यकर्ता, अन्य दल तथा सञ्चारमाध्यमलाई बधाई ज्ञापन गर्नुभएको छ ।

पार्टीले निरन्तर सतर्कता र एकताका लागि सबैमा अपीलसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV