१२ बैशाख २०७७, शुक्रबार

काठमाडौं, १२ वैशाख । यतिबेला गीत ‘फोटो फिरिममा’ले युट्युब र टिकटकमा अत्याधिक चर्चा पाएको छ ।

गीत ‘फोटो फिरिममा’ शिशिर भण्डारीको शव्द, सँगीत तथा अभिनय रहेको छ । पूर्वकी रचना रिमालको सुमधुर आवाज रहेको गीतलाई छोटो समयमै युट्युबमा २० लाख माथिले हेरेका छन् भने टिकटकमा ५० हजार माथि टिकटक भिडियोबनेको छ।

रचनाको आवाज र शिशिरको मर्मस्पर्शी शव्द सँयोजन साथै सँगीतले सबैको मन लुटेको छ । धेरैले यस गीतलाई आफ्नो जीवनकै उत्कृष्ठ गीत बताएका छन् भने कतिपयले यो गीत आफ्नो वास्तविक जीवनसँग मिलेको बताएका छन् ।

शिशिरले यस पूर्व हाम्रो माया जिन्दावाद बोलको गीत ल्याएका थिए । यस गीत र उक्त गीतको तुलना गर्ने हो भने आफूलाई ‘फोटो फिरिममा’ले निकै सन्तुष्टि दिएको शिशिर बताउँछन् यद्यपी लगानीको हिसाबले ‘हाम्रो माया जिन्दावाद’,’फोटो फिरिममा’ भन्दा १० गुणा माथि थियो ।

छिट्टै नै शिशिरले ‘फोटो फिरिममा’ पुरुष भर्सनमा पनि लिएर आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV