१२ बैशाख २०७७, शुक्रबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, १२ वैशाख । इन्जिनियर जनमत संघ केन्द्रीय समितिको संयोजकमा इन्जिनियर नरेन्द्र चौधरी चयन हुनु भएको छ ।

देशलाई समृद्ध बनाउन तथा इन्जिनियरहरुको हकहित सुरक्षित गर्न भिडियो कन्फरेन्स मार्फत देशभरका ३ सय ५३ जना सदस्य रहेको केन्द्रीय समिति गठन गरिएको हो ।

इन्जिनियर दिपक कुमार शाहको अध्यक्षतामा बसेको उक्त भिडियो कन्फरेन्स भएको प्रेस विज्ञप्ती मार्फत इन्जिनियर जनमत संघले जनाएको छ ।

गठित तदर्थ समितिले आवश्यक उप समिति बनाई ५ महिना भित्र संघको विधान निर्माण तथा घोषणपत्र तयार गरी अधिवेशन मार्फत इन्जिनियर जनमत संघ गठन गर्ने जिम्मेवारी पाएको संयोजक इन्जिनियर नरेन्द्र चौधरीले हस्तक्षर गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

इन्जिनियर जनमत संघले देशलाई समृद्ध बनाउन आवश्यक योजना बनाउने पेशाको गुणस्तर बढाने संयोजक चौधरीले बताउनु भयो । इन्जिनियरहरुको हकहितका लागि संघर्ष गर्न तथा उनिहरुको अन्तराष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराउनका लागि स्वायत्त संगठनको रुपमा संघ गठन गरिएको संयोजक चौधरीको भनाई रहेको छ ।

कपिलवस्तु जिल्ला घर भएका इन्जिनियर नरेन्द्र चौधरी विगत २२ बर्षदेखि निजि हाइड्रोपावर क्षेत्रमा इन्जिनियरिङ्ग पेशमा आबद्ध रहनु भएको छ ।

LIVE TV