१२ बैशाख २०७७, शुक्रबार

काठमाडाैं, १२ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सरकारले अध्यादेश फिर्ता लिएर सरकारले आफ्नो गल्ती सच्याएको बताउनु भएको छ ।

सरकारले सोमबार जारी गरेको दलबदल र संवधानिक परिषद्सम्बन्धी दुई अध्यादेशको चर्को आलोचना भएपछि शुक्रबार बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

सरकारको उक्त निर्णयपछि कांग्रेस प्रवक्ता शर्माले समाजिक सञ्जाल मार्फत सरकारले गल्ती सच्याएको र अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारवाही गर्नुपर्ने माग गर्नुभएको छ ।

उहाँले लेख्नु भएको छ- ‘गल्ती सच्यायो,अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारवाहीको प्रतीक्षामा छ देश !’

प्रवक्ता शर्माले अब सम्पुर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गर्नुपर्ने आव्हन पनि र्गनु भएको छ ।

प्रवक्ता शर्मा लेख्नु हुन्छ- ‘प्रधानमन्त्रीजिलाई जनताको तर्फबाट आग्रह छ, अब सम्पुर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरौं । पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला ।’

LIVE TV