११ बैशाख २०७७, बिहीबार

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ कतारका प्रधानमन्त्री खालिद विन खलिफा विन अन्दुल अजीज अल थानीसंग सम्वाद गरी नेपालीहरुको अवस्थाको बारेमा चासो व्यक्त गर्नु भएको छ ।

टेलिफोन सम्वादमा प्रधानमन्त्री ओलीले बिभिन्न आरोपमा जेलमा रहेका १७ नेपालीलाई रिहाई गरिएको बारेमा पनि खुसी व्यक्त गर्दै धन्यवाद दिनु भएको बताइएको छ ।

कतारी प्रधानमन्त्री अलथानीले कतारमा रहेका नेपालीहरुको बारेमा चिन्ता नलिन समेत आग्रह गर्नु भएको प्रधानमन्त्री ओलीले गर्नु भएको ट्वीटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV