११ बैशाख २०७७, बिहीबार

लण्डन , ११ बैशाख । कारोना भाइरसको त्रासका कारण रोकिएको च्याम्पियन्स लिग फुटबल र युरोपा लिगका बाँकी खेल अगस्टबाट सुरु हुने भएका छन् ।

लिगका बाँकी खेल झण्डै चार महिनापछि मात्र सुरुगर्ने युरोपेली फुटबलको सर्वोच्च निकाय युईएफएले जनाएको छ । दुवै लिग महिनादिन भित्र सम्पन्न गर्ने युईएफएको योजना छ ।

अब बाँकी खेल सिधै नकआउटको आधारमा हुने सम्भावना पनि छ । अहिले दुबै प्रतियोगिताका क्वाटरफाइनलका खेल जारी छन् ।

युईएफएको निर्णयसंगै रोकिएका बिभिन्न देशका फुटबल लिग सेम्टेम्बर अघिनै सक्ने तयारी समेत सुरु भएको छ । सम्भवत जुलाईसम्ममा लिग सम्पन्न गर्न बिभिन्न देशका फुटबल संघ अहिले छलफलकै क्रममा छन् ।

अहिले कोरोना भाइरसका कारण विश्व खेलकुल ठप्प रहदाँ युरोपमा फुटबल गतिविधि ठप्प छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV