११ बैशाख २०७७, बिहीबार

चीन, ११ बैशाख । चीनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई तीन करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ सुङयिङले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तीन करोड अमेरिकी डलर सहयोग गर्ने बताएकी हुन् ।

उनले ट्विटरमार्फत चीनले विकासशील राष्ट्रका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले चीनले यसअघि नै दुई करोड अमेरिकी डलर सहयोग गरेको बताएकी छन् ।

यसअघि चीनले ११ मार्चमा विकासशील राष्ट्रका लागि दुई करोड अमेरिकी डलर सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV