११ बैशाख २०७७, बिहीबार
  • दानबहादुर बुढा

मुगु , ११ बैशाख । मुगु जिल्लामा मानव अधिकारको अवस्था अनुगमन गर्न जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समिति गठन गरिएको छ ।

बुधबार जिल्ला बार एशोसिएन जिल्ला शाखा मुगुका संयोजक कुवेरजंग शाहीको अध्यक्षतामा ५ सदस्यीय जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति गठन गरिएको हो ।

अन्य सदस्यहरुमा नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल,गैर सरकारी सस्था महासंघ मुगु शाखाका अध्यक्ष सुरेन्द्र बहादुर मल्ल,ईन्सेक मुगु प्रतिनिधि जीवन सेजुवाल र नेपाल राष्ट्रिय मानव अधिकार संगठन जिल्ला शाखा मुगुका अध्यक्ष गंगाराज शाही रहनु भएको छ ।

कोभिट १९ बाट उत्पन्न वर्तमान जटिल परिस्थतिमा मानव अधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग नेपाल बार एशोसिएसन नेपाल पत्रकार महासंघ र गैर सरकारी सस्था महासंघ नेपालबीच सहकार्य गर्ने सहमति केन्द्रीय स्तरमा भए संगै जिल्ला स्तरमा पनि ति संगठनहरुको जिल्ला संगठन सम्मिलित मानव अधिकारको अवस्था अनुगमन गर्न जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समिति गठन गरिएको हो ।

जिल्ला स्तरिय समितिले लकडाउनको बेला क्वारेन्टाईनको अवस्था,सेवा,स्वास्थय संस्थामा औषधिको उपलब्धता,यातायातको अवस्था,खाद्य अधिकारको अवस्थाहरुबारे अनुगमन गरि सम्वन्धित निकायलाई सजक बनाउनुका साथै राष्ट्रिय मानव अधिकार आयोगमा प्रतिवेदन दिनेछ ।

मानव अधिकारको अवस्था स्थलगत भ्रमण,टेलिफोन वार्तालाभ,मिडिया,भिडियो कल आदि माध्यमबाट सूचना संकलन गरि प्रत्येक हप्ताको शनिबार समिक्षात्मक बैठक बसी सम्वन्धित निकायलाई अवस्था सुधारका लागि सुझाव र प्रतिवेदन मानव अधिकार आयोगमा पठाउने अध्यक्ष कुवेरजंग शाहीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV