११ बैशाख २०७७, बिहीबार
  • ज्योतिकुमार पन्थी

गुलरिया, ११ बैशाख । बर्दिया सीमासँग जोडिएको भारत उत्तरप्रदेशको बहराईच जिल्लामा एक नेपालीसहित आठ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका नेपाली प्रदेश ५ अन्तर्गत बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका निवासी हुन ।

ठाकुरबाबा नगरपालिका २ सुजनपुरका एक व्यक्तिको छिमेकी देश भारतको वहराईचमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएपछि ठाकुरबाबा नगरपालिकामा लकडाउनमा थप कडाई गरिएको छ । तर ती कोरोना संक्रमित व्यक्ति भने विगत केही वर्ष देखि घर नआएको र घर फर्किने क्रममा लकडाउन भएका कारण भारतकै क्वारेन्टाइनमा वस्दै आएका थिय । तर उनीसंगै भारतमा काम गर्न गएका उनका भाइ गत चैत ९ गते घर फर्केका हुनाले उनको भोलि शुक्रबार स्वाब र आरडीटी परीक्षण गरिने भएको छ ।

उनको रिपोर्ट नआउन्जेल सम्मका लागि ठाकुरबाबा नगरपालिका २ सुजनपुर र खुलपुर गाउँलाई पूर्ण रूपमा लकडाउन गरिएको र स्वाब परीक्षणका लागि नेपालगञ्ज पठाउने तयारी भई रहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनु भयो । बिहीबारदेखि ती गाउँमा आवत जावतसमेत बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV