११ बैशाख २०७७, बिहीबार

काठमाडौं, ११ बैशाख । विभिन्न कसुरमा कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आम माफी पाउने भएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै कतारका राजाले विभिन्न कसुरमा कतारको बन्दी गृहमा रहेका १७ जना नेपालीलाई आम माफी दिने निर्णय गरेको हुन् ।

दोहास्थित नेपाली दूतावासका अनुसार लागू औषध कारोवारजन्य कसुरका १३ जना, चोरी कसुरका २ जना, मदक पदार्थ कारोबार कसुरका एक जना र ठगी कसुरका एक जना गरी जम्मा १७ जना नेपाली नागरिकहरु रिहा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV