११ बैशाख २०७७, बिहीबार
  • तारा आचार्य

विराटनगर, ११ बैशाख । विश्वमा कोरोना भाइरस फैलिएसंगै सरकारले नेपालमा लकडाउन गरेको एक महिना पूरा भएको छ ।

संक्रमण फैलिन नदिन सरकारले लकडाउन आव्हान गरेपछि विराटनगरका स्थानीयहरुले समेत भित्री सडकहरुमा बाटो रोक्ने गरेको पाइएको छ ।

सरकारले लकडाउन आव्हान गरिसकेको अवस्थामा सडक अवरुद्ध गर्न नपाइने भने पनि प्रदेश नं. १ को राजधानी विराटनगरमा नै यसरी करिब एक दर्जन भन्दा बढी बाटोमा बाँसको ढाट लगाइएसंगै लकडाउनको पालना गरौं कोरोनाबाट बचौं भनेर व्यानरमा लेखेर टाँसेको पाइन्छ ।

स्थानीयहरुले बाँसको बार लगाएर भित्री सडकमा बाटो अवरुद्ध गर्दा पैदल यात्रु र सवारी साधन सञ्चालनमा कठिनाई हुने गरेको छ । तरकारी, खाद्य सामग्री ल्याउने लैजानेलाई मात्र नभइ विरामीहरु समेत आवतजावत गर्नुपर्ने अवस्थामा बाटोमा अवरोध हुँदा समस्या हुने गरेको छ ।

गृह मन्त्रालयले सूचना निकालेर तत्काल यस्ता अवरोध हटाउन निर्देशन दिएको भएपनि मोरङको प्रहरी प्रशासनले अझै बाटोको अवरोध नहटाएको यात्रु र व्यापारीहरुले गुनासो गरेका छन् ।

कोरोना संक्रमण फैलिन नदिन बाहिरबाट आउनेलाई टोलमा प्रवेश गर्न नदिन आफुहरुले बाटो प्रवेशमा रोक लगाएको स्थानीयहरुले बताएका छन् । उनीहरुले भित्री सडक अवरोध गरेर टोल टोलमा सुरक्षा अपनाएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV