११ बैशाख २०७७, बिहीबार

काठमाडौं, ११ बैशाख । नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या थपिदै गर्दा निको भएर घर फर्कनेहरुको संख्या पनि बढ्दो छ ।

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी कोलोनीमा पाइएका दुई कोरोना संक्रमितहरु पनि निको भएर आज पाटन अस्पतालबाट घर फर्किएका छन् भने हिजो निको भएका धादिङका युवा पनि आज घर फर्किएका छन् ।

निको भएका धादिङका युवा घर फर्किदै

बेलायतबाट चैत पहिलो साता नेपाल फर्किएका कोलोनी निवासी दुई जनालाई दुई साता अघि कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । एक ५८ वर्षीय पुरुष र अर्का ८१ वर्षीया महिला निको भएर घर फर्किएका हुन् ।

यसैगरी हिजो नै निको भएर डिस्चार्ज भए पनि सम्बन्धित आफन्त नआएको र गाडी नपाएको कारण धादिङ वेत्रावती गाउँपालिकाका उरबहादुर तामाङ आज मात्र टेकु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

निको भएका धादिङका युवा घर फर्किदै

२९ दिनको अस्पताल बसाईपछि निको भएका तामाङलाई लिन एक जना सहयोगी मात्र आएका थिए । युएईबाट चैत ६ गते फर्किएका तामाङ चैत १० गते टेकु पुगेर जचाउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गाउँपालिकादेखि अन्य निकायले आफ्नो लागि कुनै सहयोग र सदभाव समेत नदेखाएको गुनासो गरेका तामाङले स्वयंले गाडी बोलाएर गाउँ फर्किन लागको न्यूज २४ लाई बताए ।

निको भएका धादिङका युवा घर फर्किदै

संक्रमणपछि निको भएर घर फर्किनेको संख्या कुल नौ पुगेको छ । नेपाली चिकित्सकहरुले एक पछि अर्को गर्दै कोरोना संक्रमितहरुलाई स्वस्थ्य बनाएर घर फर्काउन सफल हुँदै आएका छन् ।

तस्वीर : रिया भण्डारी

प्रतिक्रिया दिनुहोस्
LIVE TV