
काठमाडौं, ११ वैशाख। कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्र ठूलो क्षति पुर्याएको जनाइएको छ ।
विश्व बैंकले कोरोनाले विश्व अर्थतन्त्रमा सबैभन्दा खतरनाक मोडमा पुर्याएको विश्व बैंकले विश्लेषण गरेको छ ।
विश्व बैंकले पछिल्लो एक शताब्दीयता आएका विनासकारी महामारीका कारण पुगेको असरको विश्लेषण गर्दै खतरनाक मोडमा पुर्याएको सो जनाएको हो ।
कोरोनाले विश्वका २१० भन्दा बढी मुलुकको अर्थतन्त्रलाई एकसाथ प्रभावित बनाएको बताइएको छ ।
यो भन्दा अगाडि महामारीको स्थान कम भएकाले त्यसको अर्थतन्त्रमा परेको प्रभाव पनि कम भएको विश्व बैंकले जनाएको छ ।