१० बैशाख २०७७, बुधबार
  • बालबिक्रम कार्की

रौतहट, १० वैशाख । रौतहटका विभिन्न स्थानीय तहमा सञ्चालित क्वारेन्टाइनबाट बुधबारसम्म २ सय ५९ जना घर फर्किएका छन् ।

भारत तथा अन्य देशहरुबाट नेपाल फर्किएकाहरुलाई जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण गरिएका क्वारेनटाइनमा अनिवार्य राखिने गरिएको छ ।

उनीहरुले क्वारेन्टाइनमा बस्नुपर्ने समय पूरा भएपछि गएिको परीक्षण पश्चात कोरोना संक्रमण नभएको पाइएपछि घर फर्काइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत किरणनिधि तिवारीले जानकारी दिनुभयो ।

उहाँले उनीहरुलाई घरमा पनि लकडाउनको पालना गर्न र घरबाहिर ननिस्कन सुझाव सहित घर पठाइएको भन्दै घरबस्दा कुनै स्वास्थ्य समस्या देखिए तुरुन्त खबर गर्न पनि सुझाएको बताउनुभयो । जिल्लाका क्वारेन्टाइनमा अझैपनि १४ महिला सहित १ सय ८७ जना क्वारेनटाइनमा रहेको जानकारी पनि उहाँले दिनुभयो ।

यसरी क्वारेन्टाइनबाट विदा भएकाहरुलाई सम्बन्धित स्थानीय तहले राहत दिएर बिदा गर्ने गरेका छन् । क्वारेन्टाइनमा बसेर आफ्नो गाउँ, समाजमा कोरोना फैलिन रोकेको अनि कोरोना विरुद्धको लडाइमा साथ दिएकाले क्वारेन्टाइनबााट विदा भएकाहरुलाई स–सम्मान राहत सहित विदा गरिएको इशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहताको भनाइ छ ।

उहाँले क्वारेन्टाइनमा बस्न निकै कठिन भएपनि जनस्वास्थ्यलाई मध्यनजर गर्दै क्वारेन्टाइनमा नियमपूर्वक बसेकाहरु धन्यवादका पात्र हुनभन्दै उनीहरुको कोरोना विरुद्धको लडाइमा उनीहरुको योगदान निकै महत्वपूर्ण रहेको जिकीर गर्नुभयो । सो नगरपालिकाले पनि जनता मावि औरैयाका क्वारेनटाइनमा रहेका २५ जनालाई कोरोना परीक्षण पश्चात नेगेटिभ रिर्पोट आएपछि घर फर्काएको थियो ।

सोही क्वारेन्टाइनमा बस्दै आएका एकजना १९ वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको थियो । हाल उनको नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्जमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV