लकडाउनको सुरुवाती दिनमा गाह्रो भएपनि अहिले भने बानी परिसक्यो : दीपाश्री निरौला



प्रकाशित मिति : Apr 07, 2020

काठमाडौं, २५ चैत । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा हाँस्य कलाकार तथा सफल निर्देशक दीपाश्री निरौलाले आफ्नो दर्शक श्रोताहरुलाई नियमित तातो पानी खाइरहनका लागि सुझाव दिनु भएको छ ।

न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ६ प्रश्नमा निर्देशक निरौलाले भन्नुभयो, “नियमित तातो पानी खाइरहनुस्, साबुन पानीले हात धुन र सेनिटाइजर प्रयोग गर्नु त छँदैछ । सोसल डिस्ट्यान्सको कुरा चाँही बाहिर हिँड्दा मात्रै हो । तर, घरबाहिरबाट खाद्यान्न सामग्री लिएर आइसकेपछि हात धुनुपर्छ । विशेष गरी तातो पानी भने खाइरहनुपर्छ ।”

कुराकानीको क्रममा उहाँले अगाडि भन्नुभयो, “लकडाउनको सुरुवाती दिनहरुमा चाँहि धेरै गाह्रो भयो । हाम्रो काम नै बाहिर हिँड्नुपर्ने हुन्छ, तर अहिले आएर बानी परिसक्यो । धेरै दिन भइसक्यो । अहिले भने बिहानको समयमा आफ्नो अभ्यासदेखि लिएर योगा गर्ने, ध्यान गर्नेलगायतमै समय बित्छ । त्यसपछि फिल्म हेर्ने, टिक टक बनाउने, भजन सुन्ने र गीतासार पढ्ने गर्दै आएकी छु ।”

उहाँले थप्नुभयो, “हामीलाई घरमा बस्नु एकदमै गाह्रो थियो, तर लकडाउनले घरमा बस्न बानी परिसक्यो । घर परिवारसँग धेरै बस्नु पाइरहेकी थिइन, तर कोरोना भाइरसका कारण बस्न पाइरहेकी छु ।”

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्…


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com