कोरोना संक्रमित भगवती रानाभाट उपचारपछि लाइभ, गगन थापा भन्छन्- ‘सरकारले सुनेन’ (भिडियो)



प्रकाशित मिति : Mar 26, 2020

काठमाडौं, १३ चैत । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५१३ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणको विषयमा विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

साथै, सम्बन्धित निकाय तथा विशेष व्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. विश्वका एक सय ९८ देशमा फैलियो कोरोना भाइरस (अपडेट)

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या ३ पुगेको छ । एक जनाको उपचारपछि निको भइसकेको छ, भने दुई जना उपचाररत छन् । विश्वभर कोभिड–१९ को संक्रमण एक सय ९८ देशमा फैलिसकेको छ ।

अहिलेसम्म कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२ हजार एक सय ८० पुगेको छ । त्यस्तै, कोरोना संक्रमितको संख्या ४ लाख ८७ हजार ४ सय ५२ जना पुगेका छन् ।

जसमध्ये, १ लाख १७ हजार ५सय ८२ जना उपचारपछि घर फर्किएका छन् । अहिले ३ लाख ४७ हजार ८ सय ४२ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । १७ हजार ७ सय ९ जना गम्भीर अवस्थामा छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com