दुर्घटना न्यूनीकरण गर्न प्रदेश-२ का ८ जिल्लामा टाइमकार्ड लागू



प्रकाशित मिति : Mar 20, 2020
  • घनश्याम मिश्र

जनकपुरधाम, ७ चैत । आज देखि प्रदेश नं २ का ८ जिल्लाको पूर्व-पश्चिम राजमार्गमा चल्ने यात्रुबाहक सार्वजनिक गाड़ीहरुका लागि सवारी आवागमन समय तालिका (टाइमकार्ड) लागू गरिएको छ ।

दिनानुदिन बढ्दै गइरहेको सड़क दुर्घटनालाई न्यूनीकरण गर्न यो नियम लागू गर्न लागिएको धनुषा ट्राफिक प्रमुख परशुराम घिमिरेले न्यूज २४ लाई जानकारी दिएका हुन् ।

घिमिरेका अनुसार हाइवेमा अधिकांश सड़क दुर्घटना हाइस्पिडकै कारणले हुने गरेकोले गर्दा पनि यो टाइमकार्ड लागू भएपछि सड़क दुर्घटना न्यूनीकरण हुने विस्वास गरिएकाे छ ।

यो टाइम कार्ड निजी सवारी साधनको हकमा लागू नभएर सार्वजनिक सवारी साधन बस, माइक्रो, टाटासुमो, हाइस, विंगर र लामो दुरीका मालबाहक गाड़ीमा लागू हुने धनुषा ट्राफिक प्रहरीले जनाएको छ । टाइम कार्ड लागू नगर्ने सवारी साधनहरुको हकमा ५ सय देखि १५ सयसम्म जरिवाना गर्ने प्रावधान रहेको कार्यालयले जनाएको छ ।

यो टाइमकार्ड पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको लालगढ़, महोत्तरी बर्दिवास, सर्लाहीको कर्मैया, रौतहटको चंद्रनिगाहपुर, सिरहाको लहान, सप्तरीको भारदह र बाराको पथलैयामा टाइमकार्ड चेक गर्ने स्थान तोकिएको हो ।

टाइमकार्ड सात जिल्लामा एकैसाथ आजैको मितिदेखि लागू हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तो छ समयतालिका :

भारदहदेखि लहान (५७ किलोमीटर) – १ घण्टा १५ मिनट
लालगढ़देखि कर्मैया (५० किमि) – १ घण्टा १० मिनट
लहानदेखि लालगढ़ (६९ किमि) – १ घण्टा ३० मिनट
कर्मैयादेखि पथलैया (५२ किमि) – १ घण्टा १५ मिनट
भारदहदेखि शम्भुनाथ (३२ किमि) – ४२ मिनट
सम्भुनाथदेखि लहान (२५ किमी) – ३३ मिनट
लहानदेखि बन्दीपुर (४० किमी) – ५२ मिनट
बन्दीपुरदेखि लालगढ़ (२९ किमि) – ३८ मिनट
लालगढ़देखि भिमान (२२ किमी) – ३५ मिनट
लालगढ़देखि कर्मैया (५० किमी) – १ घण्टा १० मिनट
कर्मैयादेखि निजगढ़ (३१ किमी) – ४५ मिनट
निजगढ़देखि पथलैया (२१ किमी) – ३० मिनट
पथलैयादेखि अमलेखगञ्ज (८ किमी) – १२ मिनट ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com