कोरोनाका कारण विदेशमा काम गर्न जान नपाएकालाई स्वदेशमै रोजगार दिइने



प्रकाशित मिति : Mar 20, 2020

काठमाडाैं, ७ चैत्र । विदेशमा काम गर्न जान नपाएकालाई स्वदेशमै रोजगार सरकारले कोरोना भाइरसका कारण काम गर्न विदेश जान नपाएका नेपाली कामदारलाई रोजगार प्रदान गर्ने भएको छ ।

सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमा विदेश काम गर्न जान नपाएकालाई सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी दिने बताए ।

‘काम गर्ने चाहने व्यक्तिले नाम सूचीकृत गर्नुभयो भने सरकारले त्यस्ता व्यक्तिलाई रोजगार दिन्छ,’ मन्त्री खतिवडाले भने ।

उनले अहिलेको अवस्थामा साना काम गर्न चाहनेलाई सरकारले रोजगार दिन सक्ने बताए । तर टेबल वर्क मात्र गर्छु भन्नेलाई सरकारले रोजगारी दिन नसक्ने उनले बताए । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com