ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु, सडक अवरूद्ध



प्रकाशित मिति : Mar 17, 2020

चितवन, ४ चैत्र । भरतपुर महानगरपालिका–७ क्यान्सर गेट अगाडि ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आज (मंगलबार) विहान ६ः१५ बजेको समयमा चौविसकोठीबाट गीतानगरतर्फ जाँदै गरेको ना७ख ४०९१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेकी साइकलयात्री भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीलाई आज बिहान ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भिर घाइते भएकी भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीको उपचारको क्रममा ६ः४५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक चालक फरार छन् ।

ठक्करबाट सुवेदीको घटनास्थलमै मृत्यु भएको र ट्रकचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस्तै आक्रोशित स्थानीयहरूकाे भीडले अहिले भरतपुर-माडी सडक खण्ड अवरुद्ध पारेका छन् । तनाव बढ्न नदिन प्रहरी परिचालन गरिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com