अस्पतालमा मौसमी फ्लुका बिरामी बढे



प्रकाशित मिति : Mar 17, 2020

काठमाडौं, ४ चैत्र । कोरोना संक्रमणको त्रासले पछिल्लो समय अस्पताल पुग्ने मौसमी फ्लुका बिरामीको संख्या दोब्बरले बढेको छ। मौसम परिवर्तन हुन लागेको यो समयमा मौसमी फ्लुको संक्रमण बढी नै हुन्छ। त्यस्तो फ्लुको लक्षण देखियो कि बिरामी कोरोना संक्रमण भन्दै अस्पताल आइपुग्ने गरेको चिकित्सकले बताएका छन्।

विगतका तुलनामा यसपटक मौसमी फ्लुका दोब्बर बढी बिरामी अस्पताल आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए। ‘विगतमा मौसमी फ्लुका बिरामी घरैमा उपचार गर्थे, निको नभएपछि मात्र अस्पताल पुग्थे।

यो पालि रुघाखोकी लाग्यो कि कोरोनाका डरले अस्पताल आइहाल्छन्’, उनले भने। उनीहरुलाई परामर्श तथा सुझाव दिएर पठाउने गरेको र जटिल समस्या भए पुनः अस्पताल आउन सुझाव दिने गरेको पुनले बताए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com