हिमालयको साउदी उडान दुई साताका लागि स्थगित



प्रकाशित मिति : Mar 15, 2020

काठमाडौं, २ चैत । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले दुई साताका लागि साउदी अरब गन्तव्यको उडान स्थगन गरेको छ ।

मार्च १५ देखि मार्च २८ २०२० सम्मका लागि काठमाडौँ–दमाम–काठमाडौँ उडान स्थगन गरेको जनाइएको छ ।

कम्पनीका अनुसार कोरोनाको प्रकोप फैलिन नदिन साउदी सरकारले मार्च १५ देखि दुई साताका लागि अस्थायी प्रतिबन्ध लगाएकाले उडान रोक्नुपरेको हो ।

उडानका लागि टिकट लिइसकेका यात्रुले अतिरिक्त शुल्कबिना, यात्राको मिति परिवर्तन गर्ने आफ्नो ट्राभल अथवा बुकिङ एजेन्टसँग सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।

कम्पनीले यसअघि चीनका पाँचवटै गन्तव्यको उडान स्थगन गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com