भीमढुंगाबाट ६ जना जुवाडे पक्राउ



प्रकाशित मिति : Mar 15, 2020
  • रोशन दानी

काठमाडौं, ०२ चैत । काठमाडौंको भीमढुंगाबाट ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–८ भीमढुंगा स्थित दिपक भट्टराईले सञ्चालन गरेको मासु पसलमा जुवा खेलिरहेको बेला महानगरीय प्रहरी वृत स्वयम्भुबाट खटेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त स्वयम्भुका डिएसपी लाल ध्वज सुवेदीले पक्राउ पर्नेमा धादिङ घर भएका लिला बहादुर तामाङ, काठमाडौंका माधव गिरी, बेद कुमार पौडेल, नुवाकोटका बहादुर तामाङ, संखुवासभाका इन्द्र बहादुर लिम्बु र जुवा खेलाउने काठमाडौंका दिपक भट्टराई छन् ।

जुवा खालबाट प्रहरीले २६ हजार रुपैयाँ र १२ गड्डी तास बरामद गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com