बर्दियामा नेपाल भारत सीमा बैठक सुरु, कोरोना भाइरसको रोकथामलगायतका मुद्दामा छलफल



प्रकाशित मिति : Mar 15, 2020
  • ज्योतिकुमार पन्थी

गुलरिया , २ चैत । बर्दिया जिल्लाको ठाकुरद्धारामा आजदेखि नोपल भारत सीमा बैठक सुरु भएको छ ।

नेपाल तर्फका बर्दिया, बाँके र दाङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित भारतको बहराईच जिल्लाका सीमावर्ती जिल्ला प्रमुखहरुसहितको बैठक बर्दियाको पर्यटकीय स्थल ठाकुरद्धारामा सुरु भएको हो । बैठकमा हाल विश्वभर फैलिरहेको कोरोना भाइरसको रोकथाम, सीमा सुरक्षा लगायत अपराध नियन्त्रणका बिषयमा छलफल हुने जानकारी गराइएको छ ।

बैठकमा विश्वभर फैलिरहेको कोरोना भाइरस रोकथामका लागि नाकामा संयुक्तरुपमा अपनाउनु पर्ने सजगताको बारेमा मुख्यरुपमा छलफल हुने जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । उहाँले अन्य नियमित विषयमा पनि बैठकमा छलफल हुने पनि बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com