खोलाले बगाएर एक जनाको ज्यान गयो



प्रकाशित मिति : Mar 15, 2020
  • नविन केसी

अर्घाखाँची, २ चैत । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा खोलाले बगाएर एकजनाको ज्यान गएको छ । चरेपानीमा रहेको पातले खोलाले बगाएर र भूमिकास्थान नगरपालिका-९ ढिकुरा चरेपानीका ३८ वर्षीय सालिकबहादुर वलालको ज्यान गएको हो ।

घटनाको प्रकृती हेर्दा खोलाले बगाएर ज्यान गए जस्तो देखिएको छ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले भन्नुभयो ।

‘स्थानीयले खोलालले बगाएर ज्यान गएको भनेका छन्, घटना स्थल तर्फ हाम्रोटोली जादै छ, विष्टले भन्नुभयो । वलालको मृत्यु भएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

शनिबार राति परेको अविरल वर्षा र हिमपातपछि खहरले खोलाहरु बढेका छन्।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com