राप्रपाका तीनै अध्यक्षद्वारा पदभार ग्रहण



प्रकाशित मिति : Mar 12, 2020

काठमाडौं, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनै जना अध्यक्षले पदभार ग्रहण गर्नुभएको छ । बिहीबार राप्रपाको पार्टी कार्यालय चाबहिलमा अध्यक्षत्रयले पदभार गर्नुभएको हो ।

पदभार ग्रहणपछि अध्यक्ष कमल थापाले राप्रपालाई कांग्रेस र कम्युनिष्ट सरह देशको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यका पार्टी एक भएको बताउनुभयो । स्थानीय तहसम्मका कमिटीमा योग्यता र क्षमताका आधारमा जिम्मेवारी बाँडफाँड गरी समायोजनमा जाने मानसिकता सबैले बनाउनुपर्ने उहाँले भनाई राख्नुभयो ।

देशप्रतिको राष्ट्रहितको जिम्मेवारी महसुस गर्दै पार्टी एकिकरण गरेको पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले बताउनुभयो । राम्रो मान्छेलाई प्रोत्साहन गर्दै पार्टीलाई बलियो बनाउने गरी कमिटि गठन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पार्टीका अर्का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले जनतालाई धोखा दिइरहँदा पनि प्रमुख प्रतिपक्षी दलले त्यसको खवरदारी गर्न नसकेको र अब राप्रपाले त्यो भूमिका निभाउने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो- ‘हाम्रो एकता देशको आवश्यकता अनुरुप भएको हो ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com