रामकाेटकाे एक घरमा लागेकाे आगाे नियन्त्रण गर्दा ग्यास पड्किएर सेनाका मेजर घाइते



प्रकाशित मिति : Mar 12, 2020
  • राेशन दानी

काठमाडौँ, २९ फागुन । नागार्जुन नगरपालिका अन्तरगत रामकाेट- ७ साेती गाँउमा रहेकाे एक घरमा आगलागी भएकाे छ ।

बुधबार बेलुका ९:३० बजेतिर करेन्ट सट भएर साेती गाँउका देवेन्द्र राज गिरीकाे घरमा आगाे लागेकाे हाे ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले विद्युत सट भएर आगलागी हुँदा घरमा रहेकाे ग्यास समेत विष्फाेट भएकाे बताए ।

पुरानाे ढुङ्गामाटाे र जस्ताकाे दुई तले घरमा आगाे निभाउन खाेज्दा ग्यास पड्किएर छिमेकी नेपाली सेनाका मेजर हरिहर गिरी घाइते भएका छन् । उनकाे नेपाली सेनाकाे छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेकाे छ ।

दमकल र स्थानीयकाे सहयनेगमा आगाे नियन्त्रणमा ल्याइएकाे छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाे युद्ध कवच गण सितापाइलाकाे टाेली मिलेर आगाे नियन्त्रणमा लिइएकाे हाे ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com