कोरोनाको रोकथाम गर्न हरेक तरिका अपनाउने सबै राजनीतिक दलकाे ऐक्यबद्धता



प्रकाशित मिति : Mar 11, 2020

काठमाडौं, २८ फागुन । विश्वभर फैलिएको कोरोना भाइरसको रोकथाम गर्न हरेक तरिका अपनाउने सबै राजनीतिक दलले ऐक्यबद्धता जनाएका छन् ।

आज अपरान्ह उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकजुट भएका हु्न् । बैठकमा भाइरस संक्रमणबाट नेपाललाइृ मुक्त बनाउन नेपाल सफल भएको सन्देश दिने गरी काम अघि बढाउन दलहरुले सरकारलाई सुझाव दिएका थिए ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि गरेका प्रयास पर्याप्त नभएको भन्दै त्यसतर्फ ध्यान दिन सत्तारुढ दल बाहेकले सरकारको ध्यानाकर्षण गराएका थिए । सबै मन्त्रालयलको समन्वयमा इन्टिग्रेटेड ढंगले अगाडि बढ्ने सरकारको प्रयासलाई सकारात्मक लिँदै अझ पर्याप्त पूर्वाधारको विकासमा जोड दिन सुझाव दिएका थिए ।

यस्तै, अर्थतन्त्रमा पर्न थालेको प्रभावका सन्दर्भमा समेत सरकारले त्यसको व्यवस्थापन गर्न सुरु गरेको विषयमा समेत छलफल भएको थियो ।

सरकारले पनि कोरोना संव्रmमणको रोकथामका लागि भरपुर प्रयास जारी राखेको दावी गरेको छ । यस्तै, समन्वयात्मक ढंगले सूचना सम्प्रेसण गर्ने र स्वास्थ्य संस्थाहरूलाई पनि सक्षम बनाएर लैजाने निर्णय बैठकले गरेको छ ।

बैठकमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी थिए । त्यस्तै मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा संघीय समाजवादी राजेन्द्र श्रेष्ठ थिए ।

काँग्रेसका तर्फबाट नेता बालकृष्ण खाण र गगन थापा सहभागी बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणबारे कार्ययोजना पेश गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com