प्रधानमन्त्री ओलीकी मिर्गौलादाता समीक्षा त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज



प्रकाशित मिति : Mar 11, 2020

काठमाडौं, २८ फगुन । प्रधानमन्त्री केपी शर्मा ओलीकी मिर्गौलादाता समीक्षा संग्रौला त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

प्रधानमन्त्री ओलीलाई अस्पतालमा भेटेर समीक्षा आज डिस्चार्ज हुनुभएको हो । चिकित्सकका अनुसार समीक्षाको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ ।

भेटमा समीक्षाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको र जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताउनुभएको थियो ।

उता, समीक्षाको डिस्चार्ज भएपनि प्रधानमन्त्री ओलीलाई भने अझै केही दिन अस्पतालमा नै राखिनेछ । अस्पतालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा दिनप्रति दिन सुधार भइरहेको छ भने उहाँलाई कक्षमा नै व्यायाम र हिंडडु्ल गराइएको छ ।

प्रधानमन्त्रीलाई भेट्ने समीक्षा पहिलो भिजिटर समेत हुन् । प्रधानमन्त्रीको फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com