कोरोनाप्रति सचेत कटिया हाउस : ग्राहकलाई सेनिटाइजर र स्टाफलाई माक्स र पञ्जा अनिवार्य



प्रकाशित मिति : Mar 11, 2020

काठमाडौं, २८ फागुन । चीनको वुहानबाट सुरु भएको कोरोना अहिले विश्वको टाउको दुखाईको विषय बनेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाको उच्च जोखिमको सूचिमा रहेको र चीनसँगको खुल्ला सिमाना रहेको कारणले नेपालमा पनि जुनसुकै बेला कोरोना फैलन सक्ने विज्ञहरुको चेतावनी छ ।

हुन त कोरोनाको विषयमा मिडिया र सामाजिक सञ्जालमा उल्लेख्य जनचेतना फैलाउने काम भइरहेको पनि छ ।

नेपाल सरकारले पनि सरकारी स्तरबाट कोरोना संङ्क्रमण फैलन नदिन जनचेतनामूलक कार्यहरु गरिरहेकै बेलामा हामी सम्पूर्ण नागरिकहरुले आ–आफ्नो क्षेत्राबाट सजगता अपनाउनुपर्छ भन्ने हेतुका साथ यस लेकाली किचन एण्ड कटिया हाउसले आफ्नो रेष्टुरेन्टमा आउने सम्पूर्ण ग्राहकहरुलाई सेनिटाइजर उपलब्ध गराउने र ग्राहक बस्ने टेबुलको दूरी कम्तीमा दुई मिटरको बनाउने निर्णय गरेको छ ।

यसका साथै लेकाली किचनले आफ्नो सम्पूर्ण स्टाफहरुलाई पञ्जा र माक्स अनिवार्य गरेको छ ।

रेष्टुरेन्ट क्षेत्र आफैमा धेरै मानिसको आवतजावत हुने ठाउँ भएको र मौसम परिवर्तनको समयमा अन्य रुघाखोकी जस्ता सरुवा रोगहरु पनि सहजै सर्नसक्ने भएकोले आफ्ना ग्राहक तथा स्टाफहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यो निर्णय गरेको कटिया हाउसका सञ्चालकद्वय मधुसूदन ढकाल र राज अर्यालले बताए ।

सञ्चालक ढकाल भन्छन्, ‘हरेक मानिसले आफ्नो ठाउँ र क्षेत्रबाट सजग र सचेत हुने हो भने कोरोनालगायत अन्य सरुवा रोगबाट केही हदसम्म भएपनि सुरक्षित हुन सकिन्छ ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com