बूढानीलकण्ठबाट विभिन्न लागूऔषधसहित एक जना प्रहरी नियन्त्रणमा



प्रकाशित मिति : Mar 11, 2020
  • रोशन दानी,

काठमाडौं, २८ फागुन । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले विभिन्न लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

बुधबार महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका कार्यालय प्रमूख प्रहरी निरीक्षक भूपेन्द्र गिरीको कमाण्डमा खटिएको टोलीले लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार दोलखा मेलुङ गाउँपालिका–३ का स्थानीय बासिन्दा ३३ वर्षीय सुनिल न्यौपानेलाई लागूऔषध गाँजासहित नियन्त्रणमा लिइएको हो ।

बूढानीलकण्ठ नगरपालिका–४ पासीकोटस्थित न्यौपानेको कोठामा खानतलासी गर्ने क्रममा लागूऔषध भेटिएको हो । न्यौपानेको कोठाबाट ६ किलो ४३५ ग्राम गाँजा, ट्रमाडोल, कफट्याव डी’लगायतका लागूऔषध बरामद गरिएको छ ।

न्यौपानेलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी प्रमुख सुवेदीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com