घरैमा मास्क बनाएर बिक्री



प्रकाशित मिति : Mar 09, 2020

बागलुङ, २६ फागुन । कोरोना भाइरस (कोभिड–१९) को त्रासले बजारमा मास्कको अभाव हुन थालेपछि बागलुङकी एक महिला उद्यमीले मास्क बनाएर बेच्न थालेकी छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका घर भई बागलुङ बजारमा धागो कातेर कपडा बुन्दै आइरहेकी डिलकुमारी तिलिजा पुनले नरम कपडाबाट मास्क बनाएर बेच्न थालेकी हुन्। छेवैको मेडिकलमा दैनिक मास्क खोज्न आउनेको भीड देखेपछि दुई दिनदेखि काम थालेको उनले बताइन्।

प्रतिगोटा ५० रुपैयाँमा मास्क बेच्ने गरेको उनले बताइन्। धोएर पनि लगाउन मिल्ने भएकाले धेरैले उनीसँग मास्क किन्न थालेका छन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com