अष्ट्रेलियाले भारतलाई पराजित गर्दै महिला ट्वान्टी-२० विश्वकप २०२० को उपाधि जित्यो



प्रकाशित मिति : Mar 08, 2020

काठमाडौं, २५ फागुन । अष्ट्रेलियाले भारतलाई ८५ रनले पराजित गर्दै आज वुमेन्स ट्वान्टी–२० विश्वकप २०२० जितेको छ । अष्ट्रेलियाले २० ओभरमा चार विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । प्रारम्भीक ब्याट्सवुमन बेथ मुनिले नटआउट रहेर ७ रन बनाइन् ।

उनले पहिलो विकेटका लागि एल्सा हेलीसँग १ सय १५ रनको साझेदारी गरिन् । हेलीले ७५ रनको योगदान दिइन् । जवाफमा भारतले सबै विकेट गुमाएर १९.१ ओभरमा ९९ रन मात्र बनाउन सक्यो । भारतका लागि दीप्ति शर्माले सर्वाधिक ३३ रन बनाइन् ।

अस्ट्रेलियाले वुमेन्स ट्वान्टी–२० विश्वकप जितेको यो कीर्तिमान पाँचौं पल्ट हो । यसअघि उसले सन् २०१०, २०१२, २०१४ र २०१८ मा पनि उपाधि जितेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com