कोरोना संक्रमण रोक्न सिक्किममा विदेशीलाई प्रतिबन्ध



प्रकाशित मिति : Mar 07, 2020

दार्जिलिङ, २४ फागुन । सिक्किम सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न ‘इनर लाइन’ पर्मिट बन्द गरेको छ । विदेशी आगन्तुकलाई सिक्किम प्रवेशमा रोक लगाउन पर्मिट बन्द गरिएको हो । यसमा नेपाली नागरिक पनि पर्ने छन् ।

भुटानमा एक अमेरिकी नागरिकमा कोरोना भाइरस संक्रमण भएलगत्तै सिक्किम सरकारले विदेशीलाई आफ्नो भूभाग प्रवेशमा रोक लगाएको हो। भारतभर कोरोना संक्रमितको संख्या ३० पुगेकाले सुरक्षात्मक उपाय खोज्दै ‘इनर लाइन पर्मिट’ बन्द गरेको सिक्किमका राज्यपाल गंगाप्रसादले जनाएका छन्। यो खबर अजको कान्तिपुर दैनिकले छापेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com