अबको नेतृत्वले ‘श्री जन आदर्श अमरसिंह माध्यमिक विद्यालय’को भविष्य सुनिश्चित गर्ने



प्रकाशित मिति : Mar 06, 2020
  • सुशीलबाबु थकाली,

मुस्ताङ, २३ फागुन । मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित ‘श्री जन आदर्श अमरसिंह माध्यमिक विद्यालय’को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अर्जुनसिंह तुलाचन निर्वाचित भएका छन् ।

लामो संघर्षपछि आज (शुक्रबार) विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको हो । विभिन्न विवादका बीच पनि विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएपछि आम अभिभावकको मुहारमा खुसी छाएको छ ।

समितिमा तुलाचनसहित अन्य छ जना सदस्यहरू पनि निर्वाचित भएका विद्यालयले जनाएको छ । सदस्यहरुमा नर प्रसाद हिराचन, राम प्रसाद थकाली, गंगा बहादुर केसी, बिमला गुरुङ, प्रेम कुमारी शेरचन र दिल सुब्बा परियार रहेका छन् ।

अध्यक्षमा निर्वाचित अर्जुनसिंह तुलाचनले विद्यालयको चौतर्फी बिकासमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै उनले नवनिर्वाचित पदाधिकारीहरुको सल्लाह सुझाव अनुसार अगाडि बढ्नुको विकल्प नभएको बताए ।

तुलाचनले यस अगाडि पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा बसेर राम्रो भूमिका निर्वाह गरिसकेका छन् । उनी विद्यालयको संरक्षक समेत हुन् ।

उनले उक्त विद्यालयलाई एक करोड भन्दा बढी चन्दा दान गर्नुका साथै पटक–पटक आर्थिक सहयोग पनि गर्दै आएका छन् ।

उनले भने, ‘अहिलेको सन्दर्भमा कृषि शिक्षा नेपाल र नेपालीको लागि अपरिहार्य रहेको छ । कृषि बिना यो देशको बिकास असम्भव छ ।’

अबको नेतृत्वले विद्यालयको भविष्य सुनिश्चित गर्न कम्मर कसेर लाग्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com