कुटपिट गर्ने वडा अध्यक्षविरुद्ध उजुरी दर्ता



प्रकाशित मिति : Mar 06, 2020
  • सुरेश श्रेष्ठ,

दाङ, २३ फागुन । दाङको घोराही उपमहानगरपालिका–४ का वडा अध्यक्ष भिमबहादुर सार्कीले आफूलाई कुट’पिट गरेको भन्दै कार्यालय सहयोगी पतिराम चौधरीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

विगत २५ वर्षदेखि कार्यरत स्थायी कार्यालय सहयोगी चौधरीलाई वडा अध्यक्ष सार्कीले बिना कारण कुट’पिट गरेको भन्दै वडा अध्यक्षलाई नियन्त्रणमा लिएर तत्काल कारबाही गर्न माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रबार दर्ता नं ४०४९ मा दर्ता गरिएको उक्त निवेदनमा वडा अध्यक्ष सार्कीले चौधरीलाई तथानाम गाली गलौज गरी बिनाकारण बारम्बार तर्साउने गरेको पनि उल्लेख गरिएको छ ।

चौधरीले यसअगाडि पनि वडा अध्यक्ष सार्कीले आफूलाई अपशब्द प्रयोग गर्दै गाली गलौज गर्ने गरेको र बिना कारण कार्यालयमै कुट’पिट गरेको बताएका छन् ।

यसैबीच वडा अध्यक्ष सार्कीको गलत व्यवहारप्रति स्थानीयले वडा कार्यालयमा तालासमेत लगाएका थिए । स्थानीयले लगाएको उक्त ताला प्रहरीले फोडेका छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com