कोरोनाको जोखिमलाई लिएर सरकारले आवाश्यक तयारी गरेको छ: स्वास्थ्य मन्त्री ढकाल



प्रकाशित मिति : Mar 06, 2020

काठमाडौं, २३ फागुन । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणको जोखिमलाई लिएर सरकारले आवाश्यक तयारी गरेको जानकारी दिनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा मन्त्री ढकालले सरकारले एक सय ५५ वटा आइसोलेसन वेड छुट्याएको बताउनुभयो । उहाँले संक्रमित देखिए सात वटा अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको समेत बताउनुभयो ।

मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयले तीन तहका ३३ हजार बढी कर्मचारी र ५२ हजार स्वास्थ्य स्वयम् सेवक आवश्यक परे खटाउन सकिने बताउनुभयो । भारतसंग सिमाना रहेका भन्सार नाकाबाहेकका अन्य ३७ स्थानमा मानिसलाई जाँच गरेर मात्र नेपाल प्रवेश गर्न दिने योजना बनाएको पनि मन्त्री ढकालले जानकारी गराउनु भयो ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाँच सेवालाई थप प्रभावकारी बनाउन प्रि–फ्याब कक्ष बनाउन लागिएको पनि उहाँको भनाइ थियो ।

झापाको चन्द्रगढी, चितवनको भरतपुर र कैलालीको धनगढीमा विमान चढ्नु अधि ज्वरो नापेर पठाउने र भक्तपुरमा खरिपाटीमा एक सय ७५ वेडको क्वारेनटाइन कायमै रहेको सांसदहरुलाई जानकारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com