मल्पी कप ए लेभल बास्केटबलमा नामी र साइपाल फाइनल पुगे



प्रकाशित मिति : Mar 06, 2020

काठमाडौं, फागुन २३ गते । नामी र आयोजक मल्पी पाँचौं मल्पी कप ए लेभल अन्तरकलेज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

तीन टिम सहभागी गल्र्सको राउन्ड रोविन लिगमा नामी विजेता तथा मल्पी उपविजेता हुँदै फाइनलमा पुगेका हुन् । नामीले मल्पीलाई १०–८ तथा साइपाल एकेडेमीलाई १०–६ ले पराजित ग¥यो । मल्पीले साइपाललाई ६–४ ले हरायो ।

ब्वाइजमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल मल्पी ‘ए’ र लिटिल एन्जल्स ९एलए० तथा मल्पी ‘सी’ र नामी ‘ए’ बीच हुने छ । ब्वाइजमा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com